Laxmi Sunrise Bank Limited - Tender/Auction notice
Source: Aarthik Abhiyan
Posted: 388 days ago
Expired
यस बैंक (साविक सन्राइज बैंक लि.) बाट तपसिलमा उल्लेखित ऋणीले उपभोग गर्नु भएको ऋण कर्जाको यस बैंकसँग गरेको सम्झौता बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज, पेनल व्याज, तथा अन्य दस्तुर आदि चुक्ता भुक्तानी गर्न तथा मार्जिन कल वापतको अपुग रकम वा कर्जालाई खाम्ने धितो सुरक्षण उपलब्ध गराउन पटक पटक लिखित तथा मौखिक तर ताकेता गर्दा समेत बक्यौता रकम नबुझाई बैंकसँग गरेको ऋण कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गर्नु भएको कारण २०८०/०५/१९ गतेको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा मा कर्जा चुक्ता भुक्तान गर्ने गराउने बारेको ३५ दिने तथा २०८०/०७/१७ गतेको कारोवार राष्ट्रिय दैनिकमा धितो लिलाम बिक्रीको १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता फछ्यौट नगर्नु नगराउनु भएको हुदाँ पूनः धितो लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएकोछ ।
अतः कर्जाको सुरक्षण स्वरुप बैंकसमक्ष धितो रहेको तपसिलमा उल्लेखित शेयरहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने भएकोले उक्त शेयरहरु खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन अर्थात मिति २०८०/०९/०४ गते (सो दिन सार्वजनिक विदा परेमा सो लगतै बैंक खुलेको दिन) भित्र बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुली विभागमा उल्लेखित शेयर प्रति कित्ता के कति दर भाउमा खरिद गरी लिन कबुल गर्ने हो सो समेत खुलाई शिलबन्दी बोलपत्र दाखिल गर्नुहुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ। प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औ दिन अर्थात मिति २०८०/०९/०५ गते (सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) विहानको ठिक ११ बजे बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुली विभागमा खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, इच्छुक बोलपत्रकर्ता तथा सम्बद्ध सबैमा अनुरोध छ। संस्थापक शेयरको हकमा शेयर खरिदको लागि समान मूल्य अंकित गरी बोलपत्र पेश गरेको अवस्थामा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्रथमाधिकार हुनेछ । बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम यस बैंकको प्रधान कार्यालय, हात्तिसार काठमाडौंमा उपलव्ध छ । प्राप्त बोलपत्रहरु बैंकले विना कुनै कारण दर्शाइ स्वीकार वा अस्विाकार गर्न सक्नेछ। कुनै कारणवश तपसिलमा उल्लेखित संस्थापक शेयर खरिद गरी लिन कसैको बोलपत्र प्राप्त नभएमा वा उचित मूल्यको बोलपत्र प्राप्त नभएमा वा प्राप्त भएको बोलपत्र बैंकलाई अस्वीकार भएमा सो संस्थापक शेयरहरु बैंकले अन्य व्यबस्था गरी बा उचित माध्यमबाट बेच बिखन गर्न सक्ने व्यहोरा जानकारी गराइन्छ । साथै सो सम्पत्तिबाट समेत बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून बमोजिम ऋणी, जमानतकर्ता तथा निजहरुको हकलाग्ने परिवारका सदस्यहरुको अन्य जायजेथाबाट समेत बक्यौता रकम असुल उपर गर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
तपसिल
ऋणी तथा जमानतकर्ताको विवरण |
ऋणीको नाम : केसरदेव बेरिवालको नाति, प्रभुदयाल बेरिवालको छोरा, रुपन्देही जिल्ला, सिद्धार्थनगर गा.वि.स. वडा नं. ५ बस्ने सुरेन्द्र कुमार अग्रवाल बेरिवाल (ना.प्र.नं. ७३५८५, जि.प्र.का. रुपन्देही, जारी मिति २०४१/७/२६) । व्यक्तिगत जमानतकर्ताहरु : • क. प्रभुदयाल बेरिवालको बुहारी, सुरेन्द्र कुमार अग्रवाल बेरिवालको पत्नी, रुपन्देही जिल्ला, सिद्धार्थनगर न.पा. वडा नं. ५ बस्ने सुनिता बेरिवाल (ना.प्र.नं. ४७०, जि.प्र.का. रुपन्देही, मिति २०५१/०४/२७) । ख. प्रभुदयाल बेरिवालको नाति, सुरेन्द्र कुमार अग्रवाल बेरिवालको छोरा, रुपन्देही जिल्ला, सिद्धार्थनगर न.पा. वडा नं. ५ बस्ने रोचिस बेरिवाल (ना.प्र.नं. ३७-०१-७०/१५४०५, जि.प्र.का रुपन्देही, जारी मिति २०७०/१२/२३) । धितो सुरक्षणको विवरण ऋणी सुरेन्द्र कुमार अग्रवाल बेरिवालको नाममा कायम रहेको साबिक सेन्चुरी कमर्सियल बैंक लि. हाल मर्जर पश्चात कायम भएको प्रभु बैंक लि.को १,३३,८८७ कित्ता संस्थापक शेयर |
• तेश्रोपक्ष जमानतकर्ताको हकमा जानकारीको लागि मात्र यो सूचना प्रकाशित गरिएको हो ।
नोट : ऋणी वाहेकका व्यक्तिहरुको नाम ऋणी तथा जमानतकर्तालाई चिनाउने प्रयोजनका लागि मात्र राखिएको हो ।
पुनश्च : बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुली
विभागबाट प्राप्त गर्न सकिनेछ। साथै बोलपत्र फारममा उल्लेखित शर्तबन्देजहरु समेत यसै सूचनाको अभिन्न अंङ्गको रुपमा रहनेछ।
अन्य जानकारीको लागि यस बैंकको प्रधान कार्यालय हात्तिसार स्थित कर्जा असुली विभागमा सम्पर्क राख्न सकिने छ ।