Auction Of Capital Asset For Share/Stock At Kathmandu

NIC ASIA Bank Limited - Tender/Auction notice

Source: Karobar daily

Auction Of Capital Asset For Share/Stock At Kathmandu

Posted: 578 days ago

Expired


श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा. लि. को स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स लि.को संस्थापक समूहको जम्मा १,२४,८३३ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य रु. २५०/- (दुइ सय पचास रुपैया मात्र) मा विक्री गर्ने भएको हुँदा उक्त शेयरहरु खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८० साल पौष ६ गते कार्यालय समयभित्र विक्री प्रबन्धक श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कब्ल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलवन्दी वोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ । साथै विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई ३५ दिने सूचना सम्बन्धित कम्पनीले प्रकाशित गरिसकेको व्यहोरा यसै सूचनाद्वारा विद्यमान संस्थापक शेयरधनीहरुलाई जानकारी गराईन्छ ।

सि.नंबोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र):
१ श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाण्डौ ।

                                                                                            तपसिल 

                                                          बिक्री गरिने संस्थापक समूहको शेयर १,२४,८३३ कित्ता

शर्तहरुः

१. माथि उल्लेखित कम्पनीको शेयर खरिद गर्नका लागि प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरु मात्र सहभागी हुन सक्ने छन्।

२. बोलपत्र आवेदन फारम माथि उल्लेखित संकलन केन्द्रबाट रु.१००/- नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ । 

३. बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ। केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन । 

४. शेयर खरिदको लागि न्यूनतम मूल्य रु.२५०/- (दुइ सय पचास रुपैया मात्र) तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । 

५. शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ। तर शेवर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा बीमा समितिले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ। दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन । 

६. शिलबन्दी खाम बाहिर "हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर खरीद आवेदन उल्लेख गरेको हुनु पर्नेछ । गोप्य शिल्ड बोलपत्रमा लाहाछाप गरिएको हुनुपर्ने छ। 

७. बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको आजको मिति २०८०/०९/०१ पश्चात् कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश स्वीकृत आवेदनकर्ताहरुले प्राप्त गर्ने छन् । 

८. बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम शेयर खरीद आवेदन फाराममा उल्लेखित बैंक खातामा नगद जम्मा गरि सोको सक्कल बैंक भौचर वा एन आई सी एशिया क्यापिटल लिमिटेडको नाममा जारी गरिएको Good for Payment Cheque वा Manager's Cheque संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यदी चेक भुक्तानी नभएमा दरखास्त फाराम स्वतः रह हुनेछ । साथै Good for payment cheque or Manager's Cheque मार्फत आवेदन गर्नेको हकमा चेक क्लियरिङ्ग शुल्क वापतको रकम आवेदक स्वयंले व्यहोर्नु पर्नेछ। 

९. शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले सम्बन्धित नियमनकारी निकायको संस्थापक शेयरधनीको लागि तोकिए‌को Fit & Proper Test को विवरण, कर्जा सूचना केन्द्रको कालोसूचिमा समावेश नभएको पत्र, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। 

१०. सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ। यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ। प्राप्त वोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सम्बन्धित बिक्रीकर्तामा निहित रहने छ। 

११. कम्पनीको विद्यमान शेयरधनीले शेयर खरीदको लागि आवेदन पेश गरेको अवस्थामा शेयरधनी नम्बर उल्लेख गर्नुपर्नेछ । 

१२. प्राप्त बोलपत्रहरु सार्वजनिक सूचना प्रकाशित गरी वा सम्बन्धित आवेदकलाई अन्य कुनै माध्यमबाट जानकारी गराई बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराईने छ। 

१३. कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाण पत्र, कर दर्ता प्रमाणपत्र, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि, सदस्य दलालकहाँ ग्राहक खाता खोल्न आवश्यक ग्राहक परिचय विवरण आदि संलग्न गर्नुपर्नेछ । 

१४. म्याद नाधि आएको वा रित नपुगेको आवेदन उपर कुनै कारवाही गरिने छैन। 

१५. स्वीकृत आवेदकलाई बाँडफाँड गर्न सम्बन्धित बिक्रीकर्ता कम्पनीले निर्णय गरेको ३ कार्य दिन पछि बाँडफाँडमा नपरेका आवेदकहरुबाट प्राप्त रकम IPS मार्फत सिधै आवेदकको बैंक खातामा रकमान्तरण गरिने छ । 

१६. बाँडफाँडमा परेका आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरीद कारोवार तथा नामसारी गरिनेछ। कुनै पनि अवस्थामा आवेदकले ब्याज वा कुनै किसिमको माग दावी गर्न सक्नेछैन । बाँडफाँडमा परेको शेयर तथा सोबाट प्राप्त बोनश हकप्रद शेयरको खरीद कारोबार तथा नामसारी गर्दा तिर्नु बुझाउनु पर्ने ब्रोकरेज लगायत सम्पूर्ण दस्तुर र शुल्क आवेदक स्वयंले व्यहोर्नु पर्नेछ। साथै बाँडफाँडमा परेको शेयर नामसारी गर्ने क्रममा सम्बन्धित बैंक तथा नियमनकारी निकायबाट कुनै करणबास आवेदन रद्द गरेको अवस्थमा समेत आवेदन बापतको रकम मात्र फिर्ता भुक्तानी गरिनेछ । 

१७. आवेदन फारममा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। हितग्राही खाता नहुने आवेदकले एन आई सी एशिया क्यापिटल लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालय वा आधिकारीक निक्षेप सदस्यकहाँ सम्पर्क गरी हितग्राही खाता खोल्न सक्नुहुनेछ । 

१८. बोलपत्र स्वीकृत भएको खण्डमा बोलपत्र स्वीकृतिको जानकारी बिक्री प्रवन्धकको Website: www.nicasiacapital.com वा सूचना पाटीमा हेर्न सक्नुहुने छ ।


Published by

View full info
NIC ASIA Bank Limited
bagbazzar plaza, Kathmandu, Bagmati Province
9802045963
5970101
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268