Kathmandu Metropolitan City - Tender/Auction notice
Source: Naya Patrika Daily
Posted: 542 days ago
Expired
काठमाडौं महानगरपालिका
२६ नं. वडा कार्यालय
लैनचौर, काठमाडौं, बागमति प्रदेश, नेपाल
कोठा खाली गर्ने सम्बन्धमा जारी भएको १५ (पन्ध्र) दिने सूचना
उपरोक्त सम्बन्धमा काठमाडौ जिल्ला अदालतको मिति २०७९/१०/०५ मा भएको फैसला र २०८०/०६/०४ मा भएको वण्डा मुचुल्का बमोजिम कि न ८७९ मा बनेको घर जग्गा मध्ये राजेश श्रेष्ठको नाममा कायम रहेको तल्ला बाट २०८०/०६/०४ मा भएको वण्डा मुचुल्का बमोजिम उत्तर पुर्वी कुनाको कोठा संकेत नं. २ र ३ निवेदक शुभलक्ष्मी रन्जित र छोरा रिआन श्रेष्ठको नाममा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौ बाट समेत कायम भईसकेको तर उक्त कोठा विमला थापा (श्रेष्ठ), जेनी श्रेष्ठ र जेनीस श्रेष्ठले प्रयोग गरिरहेको हुँदा काठमाडौ जिल्ला अदालतको फैसला बमोजिम निज निवेदक र निजको छोरा रिआन श्रेष्ठको हकहिस्साको कोठा खालि गरिदिन अनुरोध गर्दा बिमला थापा श्रेष्ठहरुले प्रयोग गरिरहेका सबै कोठाहरु ताला बन्द गरि अन्यत्र गएको र उनीहरु सम्पर्क विहिन भएको हुँदा घर खालि गर्नका लागि बेवास्ता गरेको भनि शुभलक्ष्मी रन्जितले निवेदन दिनुभएको हुँदा काठमाडौ महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम यस का.म.पा वडा-२६ को कार्यालयमा १५ दिन भित्र उपस्थित हुनु होला। यदि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उपस्थित नभएमा कोठा खालि गरिने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ ।