Nepal Agricultural Research Council - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 419 days ago
Expired
राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटाको लागि १ (एक) थान Nano Drop Machine शिलबन्दी दरभाउपत्रद्वारा खरीद गर्नुपर्ने भएकोले इच्छुक फर्महरुबाट शिलवन्दी दरभाउ फाराम पेश गर्न आव्हान गरी यो सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनसम्म कार्यालय समयभित्र यस कार्यक्रमबाट रु. ३०००।०० (तीन हजार मात्र) नगदै भूक्तानी गरी खरिद गर्न सकिनेछ । खरिद गरिएका दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिदेखि १५ औं दिनसम्म (सार्वजनिक विदा बाहेकको जुनसुकै दिन) कार्यालय समयभित्र र १६ औं दिन दिनको १२:०० बजेसम्ममा बोल कबोल अंकको जमानत वापत २.५ प्रतिशतले हुने रकम कोष तथा लेखा नियन्त्रक कार्यालय, धनकुटाको राष्ट्रिय बाणिज्य बैकमा रहेको धरौटी खाता नं. २०१०१००१०२०३०००० कार्यालय कोड नं. ३१२४१०६०३ मा जम्मा गरेको सक्कलै भौचर वा नेपाल अधिराज्यभरको कुनै पनि मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यक्रमको नाममा जारी गरिएको सोही रकम बराबरको बैंक जमानत संलग्न गरी पेश गर्नुपर्नेछ । दरभाउपत्र सम्बन्धी अन्य विस्तृत विवरण आवश्यक भएमा यस कार्यक्रमको सूचना पाटीमा टांस गरिएको सूचना हेर्नुहुन, र दरभाउपत्रमा संलग्न गरिएको विस्तृत सूचना अध्ययन गर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
ठेक्का नं. | दरभाउपत्रको किसिम | कामको विवरण | दरभाउपत्रदाता | अनुमानित लागत रकम भ्याट सहितको रकम रु | धरौटी रकम रु. |
०९। २०८००८१ | सिलबन्दी दरभाउपत्र | Nano Drop Machine खरीद | निर्माता कम्पनी / सप्लायर्सहरुबाट | १५,८२,०००।०० | 40,000 |