Bid Invitation for Solar and Light Installation Work

Bhageshwor Rural Municipality - Tender/Invitation for Bid

Source: Annapurna Post

Bid Invitation for Solar and Light Installation Work

Posted: 419 days ago

Expired


यस कार्यालयबाट आ.व. २०८०/०८१ मा संघिय सरकार ससर्त अनुदान पुजिगत अन्तर्गत नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत सडक सोलार बत्ती जडान गर्नुपर्ने भएकोले इजाजत प्राप्त व्यक्ति, फर्म तथा कम्पनीहरुले तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही दरभाउपत्र फाराम खरिद गरि सिलवन्दी दरभाउपत्र पेश गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । शर्तहरु :- 

 

१. यो सूचना प्रकाशित भएको मितिले ७ औं दिनको कार्यालय समयभित्र दरभाउपत्र फाराम शुल्क रु. १०००/- नगदी रसिद वा यस कार्यालयको सानिमा बैंक भागेवर शाखा वगरकोट, डडेल्धुरामा रहेको आन्तरिक राजश्व खाता BHAGESHWOR GA. PA. GA-1.1 ANTARIK RAJASHWO KHATA ac no-070010040000002 मा रु. १०००/- (अक्षरेपी एक हजार रुपैया मात्र फिर्ता नहुने गरि) तिरी आ.ब. २०८०।०८१ का लागि नविकरण गरिएको व्यवसाय दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र र आ.ब. २०७९/०८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी सहितको निवेदन पेश गरेपछि दरभाउपत्र उपलब्ध गराइनेछ । 

 

२. दरभाउपत्र फाराम पत्रसाथ कबोल गरेको रकम तल उल्लेख भए बमोजिम नघटाई दरभाउपत्र जमानत वापतको जमानत रकम भागेश्वर गाउँपालिकाको सानिमा बैङ्क भागेश्वर शाखामा रहेको धरौटी खाता नं. BHAGESHWOR GA PA, GA- 3.1 STHANIYA TATHA DHAROUTI KHATA 070010020000004 मा जम्मा गरेको सक्कलै भौचर वा नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट कम्तिमा ७५ दिनको मान्य अवधि हुने गरि जारि गरिएको बैंक जमानत (Bid Bond) पेश गर्नुपर्नेछ । 

 

३.  दरभाउपत्र राखेको खाममा लाहाछाप लगाई खामको बाहिरपट्टी "भागेश्वर गाउँकार्यपालिकाको कार्यालय बगरकोट, डडेल्धुरा" को नाम सम्बोधन गरि भागेश्वर गाउँकार्यपालिकाको कार्यालय बगरकोट, डडेल्धुराका लागि सडक सोलार बत्ति जडान गर्ने सम्बन्धी कार्य गर्ने बारेको दरभाउपत्र फाराम भनि उल्लेख गर्नुपर्नेछ । 

 

४.  दरभाउपत्र फाराम दाखिला गर्नुपर्ने स्थान भागेश्वर गाउँकार्यपालिकाको कार्यालय बगरकोट, डडेल्धुरा

 

 ५.   दरभाउपत्र दर्ता गर्नुपर्ने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले ८ औं दिनको १२:०० बजेभित्र 

 

६. दरभाउपत्र खोलिने मिति सूचना प्रकाशित भएको मितिले ८ औं दिनको २:०० बजे यस कार्यालयका प्रतिनिधि र दरभाउपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्रदाता वा प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । 

 

७. दरभाउपत्र विक्री गर्ने अन्तिम दिन, दर्ता गर्ने र खोल्ने दिन बिदा परेना लगत्तै कार्यालय खुल्ने दिनलाई मानिनेछ । 

 

८. एक फर्मको नाममा खरिद गरेको दरभाउपत्र फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन । 

 

९. दरभाउपत्रको मान्य अवधि (Bid Validity Period) ४५ दिनको हुनेछ । 

 

१०. दरभाउपत्र दर्ता गर्दा प्रोपराइटर वा निजको आधिकारिक प्रतिनिधिले सहीछाप गरेको र सिलबन्दी भएको हुनुपर्नेछ । 

 

११. दरभाउपत्रमा कबोल गरेको दररेट अंक र अक्षर दुवैमा प्रष्ट रुपमा लेखिएको हुनुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ। केरमेट भएको ठाउँमा दस्तखत गरेको हुनुपर्नेछ टिपेक्स लगाएको वा केरमेट गरिएको दरभाउपत्र मान्य हुने छैन। 

 

१२. दरभाउपत्रमा पेश गरेको मूल्य यस आ.ब. २०८०।०८१ को लागि भएकोले आषाढ मसान्तसम्म हुने कुनै प्रकारको मूल्य वृद्धिलाई स्वीकार गरिने छैन। दरभाउपत्रमा माग गरिएको परिमाण थपघट गर्ने, दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत (मनासिव कारण भएमा) गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा रहनेछ । 

 

१३. जडान हुने सडक सोलार बति यस कार्यालयबाट तोकिएको जडान गर्नुपर्ने स्थानसम्म आपुर्तिकतलि नै डुवानी, लोड, अनलोड गरि जडान गर्नुपर्नेछ। यस बापत छुट्टै भाडा भुक्तानी हुनेछैन । 

 

१४. दरभाउपत्रदाताले जडान स्थल र कामको सम्बन्धमा राम्ररी बुझी दरभाउपत्र भरेको मानिने छ । 

 

१५. यस सूचनामा छुट हुन गएका अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित ऐन, नियम र कानुन बमोजिम हुनेछ ।

 

ठेक्का नं.ठेक्काको विवरणपरिमाणबैंक जमानतदरभाउपत्र दस्तुर
BRM/DAD/NCB/Goods/080/081/02सडक सोलार बत्ति जडान कार्य९ सेटरु. २०,०००रु. १०००

Published by

View full info
Bhageshwor Rural Municipality
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268