The Ministry of Health and Population - Tender/Invitation for Bid
Source: Naya Patrika Daily
Posted: 425 days ago
Expired
आ.व.०८०/८१ मा यस अस्पतालमा Dialysis सेवा संचालन गर्न तला थप गर्ने सम्वन्धी निर्माण कार्य सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने भएकोले सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आय कर तथा मूल्य अभिवृदि कर (VAT) मा दर्ता भएका ईच्छुक फर्म, कम्पनी वा सप्लार्यसले यस अस्पतालबाट सिलबन्दी दरभाउपत्र फाराम खरिद गर्न सकिनेछ । सूचना प्रकाशन भएको मितिले १६ औं दिन, दिनको १२:०० बजेभित्र सिलबन्दी दरभाउपत्र यस अस्पतालमा दर्ता गराई सक्नु पर्नेछ । रितपूर्वक पर्न आएका सिलबन्दी दरभाउपत्र सोही दिन, दिनको ठीक २:०० बजे यस अस्पतालमा खोलिने छ । सिलबन्दी दरभाउपत्र खरिद तथा दाखिला गर्ने अन्तिम दिन बिदा पर्न गएमा सो सम्बन्धी कार्य तत्पश्चात् कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । यस सूचनामा उल्लेख भएका कुराहरु उल्लेख भए बमोजिम र उल्लेख हुन छुट भएका कुराहरू सिलबन्दी दरभाउपत्र, सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) तथा प्रचलित नेपालको कानून बमोजिम हुनेछ । विस्तृत जानकारीको लागि यस अस्पतालको सूचना पाटीमा हेर्नु हुन तथा कार्यालय समयमा यस अस्पतालमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।
तपशिलः
सि.न. | ठेक्का | कामको विवरण | सिलबन्दी दरभाउपत्र फाराम दस्तुर रु. |
1 | BHB/BHAKTAPUR/18/080-81 | Dialysis सेवा संचालन गर्न तला थप गर्ने सम्वन्धी निर्माण कार्य | १०००।- |