National Foundation For Development of Indigenous Nationalities - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 413 days ago
Expired
चालु आर्थिक वर्ष २०८०/०८१ मा यस प्रतिष्ठानले विभिन्न विधाका २२ पुस्तक स्पेसिफिकेसन अनुसार छपाई गर्नु पर्ने भएकोले उक्त कार्य गर्न ईच्छुक छापाखानाले संस्था दर्ता प्रमाणपत्र, छापाखाना सञ्चालनसम्बन्धि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको अनुमतिपत्र, आयकर दर्ता प्रमाणपत्र, मूल्यअभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र, २०७९/०८० को कर चुक्ता प्रमाणपत्र र पेशा सम्वन्धी कसुर नलागेको घोषणा गरिएको पत्र सहित निम्नानुसार शर्तहरूको अधिनमा रही शिलवन्दी दरभाउ पत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१. शिलवन्दी दरभाउपत्र फाराम रु १,०००।- (एक हजार रुपैयाँ) प्रतिष्ठानको राष्ट्रिय बाणिज्य बैङ्कको खाता नं. ११४०००१४०७०१ मा दाखिला गरेको भौचर पेश गरी खरिद गर्न सक्नुहुनेछ ।
२. दरभाउपत्र दाताले कवोल गरेको अङ्कको ३% ले हुने रकमको बैङ्क जमानत बुझाउनु पर्नेछ । उक्त जमानत पत्रको कम्तिमा ७५ दिन म्याद रहेको हुनु पर्नेछ ।
३. प्रति एकाई दरले हुन आउने जम्मा कवोल रकममा मूल्य अभिवृद्धि कर (VAT) समेत संलग्न हुन पर्नेछ । रकम अङ्क र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
४. रित नपुगेको, म्याद नाघी प्राप्त भएको, दरभाउपत्रदाताको हस्ताक्षर नभएको शिलबन्दी उपर कुनै कारवाही हुने छैन ।
५. दरभाउपत्र फाराम बुझाउने अन्तिम दिन विदा परेमा सोपछि क्रमशः कार्यालय खुलेको दिनलाई मानिने छ ।
६. सूचना प्रकाशित मितिले १५औं दिनसम्म दरभाउपत्र खरिद गरी १६ औं दिनको १२ बजेभित्र दाखिला गरी सक्नु पर्नेछ ।
७. प्राप्त भएको दरभाउपत्र १६ औं दिनको १.०० बजे प्रतिष्ठानको भवन सानेपामा शिलबन्दीदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । निजहरू उपस्थित नभए पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन ।
८. यो सूचनामा नपरेका कुराहरू सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा अन्य प्रचलित कानुन वमोजिम हुनेछ । विस्तृत जानकारीका लागि प्रतिष्ठानमा सम्पर्क राख्न सकिनेछ ।
९. दरभाउपत्र स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार प्रतिष्ठानमा सुरक्षित रहनेछ ।