Paropakar Maternity & Women's Hospital - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 451 days ago
Expired
यस अस्पतालमा आ.व. २०८०/०८१ का लागि २४ घण्टा सुरक्षा व्यवस्था सम्बन्धी कार्य सेवा करारबाट गराउनुपर्ने भएकोले सोसम्बन्धी कार्य गर्न इच्छुक कम्पनी/फर्म/सप्लायर्सबाट कम्पनी वा फर्म दर्ता प्रमाण पत्र, नवीकरण, कर चुक्ता प्रमाण पत्रका प्रमाणित प्रतिलिपि र कम्पनीको हकमा सञ्चालक समितिको अख्तियारी निर्णय तथा प्रस्ताव फाराम खरिद दस्तुर बापतको भौचर संलग्न राखी यो सूचना प्रथम पटक प्रकाशित मितिले ३१ दिन भित्रमा तपसिल बमोजिम उल्लिखित प्रस्तावको दस्तुर (फाराम शुल्क) बापत रकम (फिर्ता नहुने गरी) नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुरको खाता नं. ००४०५०१००३९३७५ मा जम्मा गरेको भौचर Scan गरी वेबसाइट http://www.bolpatra.gov.np/egp बाट प्रस्ताव फाराम डाउनलोड/अपलोड गर्नुपर्नेछ । डाउनलोड गरेको प्रस्ताव फाराम तथा सर्त बमोजिमका अन्य कागजातहरूमा दस्तखत छाप गरी सोही वेबसाइट मार्फत अपलोड गर्नुपर्नेछ। धरौटी बापतको रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुर, खाता नं. च.हि.नं. ००४०१०१०००६१४५ मा जम्मा गर्नुपर्नेछ, वा स्वीकृति प्राप्त वाणिज्य बैंकको १२० दिन मान्य अवधी भएको बैंक जमानत राख्नुपर्नेछ। रीतपूर्वक म्यादभित्र प्राप्त भएका प्रस्तावहरू प्रस्ताव दाता वा प्रतिनिधिको रोहवरमा खोलिनेछ । निजहरूको अनुपस्थति भएमा प्रस्ताव खोल्न बाधा पर्नेछैन । खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट प्रस्ताव खोलिनेछ । यस सम्बन्धी थप जानकारीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।
सि. नं | IFB No. | विवरण | प्रकार | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुरको खाता नं. ००४०५०१००३९३७५ जम्मा गर्ने (फाराम शुल्क) | धरौटी रकम रु | अनलाइन दर्ता गर्ने अन्तिम मिति | खोल्ने मिति |
१ | २५/ २०८०/०८१ | सुरक्षा कार्य सेवा करारमा दिने सम्बन्धी प्रस्ताव | प्रस्ताव | ३,०००/- | ३,८८,२२०० | २०८०/१२/२८ गते १२:०० बजेभित्र | २०८०/१२/२८ गते २:०० बजे |