Mayadevi Rural Municipality - Tender/Auction notice
Source: Aarthik Abhiyan

Posted: 715 days ago
Expired
लुम्बिनी प्रदेश, रूपन्देही जिल्ला, मायादेवी गाउँपालिका वडा नं. ४ कम्हरीयामा श्री वेदा हस्पिटालिटी प्रा.लि. द्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ।
| प्रस्तावक | वेदा हस्पिटालिटी प्रा.लि., प्रस्तावक काठमाडौं महानगरपालिका वडा नं. १३, छिन्नलता, काठमाडौँ जिल्ला, बागमती प्रदेश, सम्पर्क नं.: ९८०२३४१५८८ इमेल: [email protected] |
| प्रस्तावको ब्यहोरा | कुल १७५ कोठामा २७० शय्याको होटल निर्माण तथा सञ्चालन गर्ने |
| प्रभाव पर्न सक्ने स्थान | रूपन्देही जिल्ला, मायादेवी गाउँपालिका वडा नं. ४ |
माथि उल्लिखित प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण (Scoping) गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निम्न ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराइ दिनु हुन अनुरोध गरिन्छ ।
राय सुझावका लागि पत्राचार गर्ने ठेगाना
| प्रस्तावकको नाम र ठेगाना | वेदा हस्पिटालिटी प्रा.लि., काठमाडौँ महानगरपालिका वडा नं. १३, छिन्नलता, काठमाडौं जिल्ला, बागमती प्रदेश, सम्पर्क नं.: ९८०२३४१५८८ इमेलः [email protected] |
| परामर्शदाताको नाम र ठेगाना | प्रकृति कन्सल्ट प्रा.लि., बानेश्वर, काठमाडौँ, बागमती प्रदेश सम्पर्क नं.: ०१-५१७२२२६, मेलः [email protected] |