यो कार्य अन्तर्गत डेस्कटप कम्प्युटरका सामानहरूको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण कार्य समावेश हुन्छ। सबै सामानहरू कार्यालयमा प्रयोग हुने मौलिक तथा प्रचलित ब्रान्डका नयाँ वस्तुहरू हुनुपर्नेछ। आपूर्तिकर्ताले आवश्यक प्राविधिक विवरण पूरा गरी तोकिएको समयभित्र सामानहरू राम्रो अवस्थामा सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ।