कृषि तथा पशुपन्छी विकास मन्त्रालय - Tender/Auction notice
Source: The Himalayan Times
Posted: 539 days ago
Expired
१. यस केन्द्रको कार्यालय परिसरभित्र आ.व.२०८०/०८१ मा तालिम हल मर्मत तथा व्यवस्थापन सम्बन्धी निर्माण कार्यहरु गर्न सिलबन्दी दरभाउपत्र माध्यमबाट खरिद गर्नुपर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक फर्म वा कम्पनीहरुलाई यो सूचना जारी गरिएको छ । ईच्छुक फर्म वा कम्पनीहरुले यस केन्द्रमा सम्पर्क गरि वा माथि उल्लेखित फोन वा ईमेल मार्फत दरभाउ सम्बन्धी आवश्यक जानकारी लिन सकिने छ ।
२. ईच्छुक फर्म वा कम्पनीहरुले यस केन्द्रको राजश्व खातामा (खाता नं.००१०१००००००००१००१००१ नेपाल बैंक लि. गबहाल ललितपुर, कार्यालयको नाम-कृषि सूचना तथा प्रशिक्षण केन्द्र, राजश्व शिर्षक १४२२९, कार्यालय कोड नं. ३१२००३४०२) रु.१,०००/०० दस्तुर जम्मा गरि उक्त भौचर यस केन्द्रमा पेश गरि सिलबन्दी दरभाउपत्र फाराम सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८०/०९/१२) भित्र खरिद गर्न सकिने छ । साथै दरभाउपत्र खरिदको लागि नियमानुसारको नविकरण सहितको दर्ता प्रमाणपत्र, मुल्य अभिवृदि कर दर्ता प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र वा म्याद थप भएको खण्डमा सोको नोटरी पब्लिकबाट प्रमाणित गराई प्रतिलिपि समेत यस केन्द्रमा पेश गर्नु पर्नेछ ।
३. सूचना प्रकाशन भएको मितिले सोह्रौ दिन (२०८०/०९/१३ गते) मध्यान्ह १२:०० बजेभित्र यस केन्द्रको प्रशासन शाखामा अनिवार्य दर्ता गराइ सक्नु पर्नेछ । सोहि दिनको १:०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा वा नभएमा पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन । रीत नपुगेको र म्याद नाघी प्राप्त भएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
४. दरभाउपत्रको म्याद दरभाउपत्र खोलेको मितिले ४५ दिनको हुनेछ ।
५. दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम दिन, दरभाउपत्र दर्ता गराउने दिन तथा दरभाउपत्र खोल्ने दिन सार्वजिनक बिदा परेमा त्यसपछिको कार्यालय खुल्ने दिनलाई अन्तिम दिन मानिने छ ।
६. दरभाउपत्रमा उल्लेखित समान/कार्यको परिमाण/आवश्यकता अनुसार थपघट भएमा पनि आपूर्ति कर्ताले स्वीकार गर्नु पर्नेछ र केन्द्रको आवश्कता अनुसार खरिद गर्न सकिने छ ।
७. दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस केन्द्रमा निहित रहने छ ।
८. दरभाउपत्रकासाथ मान्यता प्राप्त बाणिज्य बैंकबाट यस केन्द्रको नाममा जारी गरिएको दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति देखि गणना हुने गरि कम्तिमा ७५ दिन म्याद भएको बैंक ग्यारेन्टी (बोलपत्र जमानत) रु.३२,०००/- (बत्तिस हजार) बराबरको सक्कलै प्रति संलग्न गरि पेश गर्नु पर्नेछ ।
९. दरभाउपत्र सम्बन्धी अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।